Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कठिन परिस्थितिमा प्रभावकारी काम गरेको भन्दै मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा

कठिन परिस्थितिमा प्रभावकारी काम गरेको भन्दै मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा
विज्ञापन
Advertisement

काठमाडौं । सुरक्षित इन्टरनेट दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा अन्य सरोकारवालाहरूको सहकार्यमा होटल रेडिसनमा मंगलबार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा साइबर सुरक्षाको बढ्दो महत्त्वबारे प्रकाश पार्दै सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल विधेयकमार्फत डिजिटल माध्यममा बढ्दै गइरहेका अपराध र विकृति नियन्त्रण गर्ने लक्ष्य रहेको बताए । मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रमा कार्यरत कर्मचारीलाई निर्धक्क भएर काम गर्न हौसला प्रदान गरे । सो अवसरमा उनले प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको कार्यसमर्पणको प्रशंसा गरेका थिए ।

हाल प्राधिकरणमा कर्मचारी संख्या कम रहेको, केही कर्मचारी निलम्बनमा परेका र केहीको मुद्दा अदालतमा विचाराधीन रहेको बताउँदै यस्तो कठिन परिस्थितिमा घिमिरे र उनको टोलीले निरन्तर सेवा प्रदान गरिरहेकोमा उनले प्रशंसा व्यक्त गरे । दूरसञ्चार प्राधिकरणको कार्यभार बढ्दै गएको अवस्थामा सीमित कर्मचारीले विभिन्न शाखाको जिम्मेवारी सम्हालेका छन् । निर्देशक घिमिरेले मात्रै प्रशासन, वित्त, उपभोक्ता मामिला लगायतका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

साथै, उनले टेलिकम तथा इन्टरनेट सेवाप्रदायकहरूलाई सुशासनमा ल्याउने, अनियमित प्रतिस्पर्धा रोक्ने तथा कानुन उल्लङ्घन गर्नेहरूमाथि निगरानी बढाएका छन् ।
यद्यपि, कार्यक्रममा प्राधिकरणको कार्यक्षमतामाथि चिन्ता व्यक्त गर्दै सेवाप्रदायक, परामर्शदाता तथा अन्य सरोकारवालाले विभिन्न आवेदनहरू लामो समयदेखि रोकिएको, विदेशी मुद्रा सटही लगायतका महत्त्वपूर्ण प्रक्रियाहरूमा ढिलाइ भइरहेको गुनासो गरेका थिए ।

साथै उनीहरूले प्राधिकरणको नेतृत्व टोलीसामु साइबर सुरक्षाको मजबुती, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी व्यवस्थापन तथा दूरसञ्चार क्षेत्रका समसामयिक समस्याहरू समाधान गर्नुपर्ने चुनौती रहेको औंल्याए । त्यस्तै अध्यक्षको कार्यालयमा निर्णय पर्खिरहेका महत्त्वपूर्ण फाइलहरूको थुप्रो रहेको तथा उद्योग परामर्शको अभाव रहेको विषयमा उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

हालैमात्र मन्त्री गुरुङको प्रत्यक्ष पहलमा सातै प्रदेशमा दूरसञ्चार क्षेत्रमा देखिएका समस्या र चुनौतीको समाधानको सन्र्दभमा सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, सेवाप्रदायहरूका साथै प्रदेश प्रदेशका मुख्यमन्त्री तथा मातहतका निकायको सक्रिय सहभागिता रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit