Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहेका थिए । मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उनको भनाई छ ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उनले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिए । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,’ मन्त्री गुरूङले भने । उनले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताए ।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभइ सरकारकै मुख्य समस्या रहेको उल्लेख गरे । ‘एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ’, उनले भने ‘खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । अनि मात्रै विकास हुन्छ ।’ बैठकमा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालयको आर्थिक वर्ष २०८१\२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा मूल्याङ्कन गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले केही महत्त्वपूर्ण काम सम्पादन भएको र केहीमा अत्यन्त मिहनेत गर्नुपर्ने टिप्पणी गरे । ‘स्रोत र साधनअनुसार उपलब्धी भए पनि यतिमै चित्त बुझाउने स्थिति छैन’, उनले भने , ‘हामीले थप समस्या पहिचान गरेर समाधानतर्फ सबै कर्मचारी जिम्मेवारीपूर्ण लाग्नुपर्नेछ ।’

‘राससलाई आत्मनिर्भर बनाउँदै छौँ’

राष्ट्रिय समाचार समिति (रासस) का प्रशासन प्रमुख शीतल महतोले राससको संरचनागत र जनशक्तीको क्षमता बृद्धिलगायत विकासका गतिविधि गर्दै आएको जानकारी गराउनुभयो ।   उनका अनुसार हालसम्म मन्त्रालयले दिएका जिम्मेवारीहरू सतप्रतिशत पूरा भएका छन् ।

यही फागुन ७ गते राससले ६४ औँ वार्षिकोत्सव मनाउँदै गरेको जानकारी दिँदै उहाँले वार्षिकोत्सवका अवसरमा गणतन्त्र दिवसको सन्दर्भमा खिचिएका तस्वीरहरू पुस्तक सार्वजनिक गर्ने, राससबाट प्रकाशित ‘बुलेटीन’ म्युजियम सबैका लागि खुल्ला गर्नेलगायत रचनात्मक गतिविधि गर्न लागिएको महतोले जानकारी दिए ।

साथै  उनले राससका भौतिक संरचनाको सदुपयोग गर्दै संस्थालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन लागिपरेको जानकारी दिए । बैठकमा सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको बजेट नहुँदा संरचनागत, जनशक्ती व्यवस्थापन र टेलिभिजन प्रसारण क्षमता वृद्धिमा चुनौती देखिएको बताए । रेडियोका भौतिक संरचना जीर्ण हुँदै गएको र टेलिभिजिनको पहुँच विस्तारमा सेटअप बक्सको अभाव भएकाले सोचे अनुकुल प्रतिफल आउन नसकेको उनको धारणा थियो ।

त्यस्तै, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको भवनको समस्या बताउँदै गोरखापत्र डिजीटाइजेसन कार्य सम्पादन भइरहेको जानकारी दिए । गोरखापत्र जर्नल प्रकाशन गर्ने तयारी रहेको, समाचार निर्देशिका बनाउने, गोरखापत्रको भाषा संस्करण व्यवस्थित गर्नेलगायतका कार्य योजनाहरू मन्त्रालय समक्ष प्रस्तुत गरे।

कार्यक्रममा राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग, सुरक्षण मुद्रण केन्द्र, सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र, प्रमाणीकरण नियन्त्रणको कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चलचित्र विकास बोर्ड, विज्ञापन बोर्ड, प्रेस काउन्सील नेपाल, न्यूनतम पारिश्रमीक निर्धारण समितिलगायत मन्त्रालय मातहतका विभागीय प्रतिनिधिहरूको उपस्थीति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit