Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अष्ट्रेलियाली राजदूत लिन जोन्स्ट्नसंग इक्यान प्रतिनिधिले गरे भेट

अष्ट्रेलियाली राजदूत लिन जोन्स्ट्नसंग इक्यान प्रतिनिधिले गरे भेट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का प्रतिनिधिमण्डलले नेपालका लागि अष्ट्रेलियाली राजदूत लिन जोन्स्ट्नसंग भेटवार्ता गरेका छन् । नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ गर्न इक्यानका अध्यक्ष शेषराज भट्टराईको नेतृत्वमा पुगेको पाँच सदस्यीय टोलीले जोन्स्ट्नसंग बुधबार भेटवार्ता गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भेटमा अध्यक्ष भट्टराईले अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूको लागि वातावरण थप राम्रो बनाउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले इक्यानका प्रयासहरूलाई स्पष्ट गर्दै, अष्ट्रेलिया जस्तो प्रमुख शैक्षिक गन्तव्यमा नेपाली विद्यार्थीहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यको लागि संगठनले सक्रिय भूमिक निर्वाह गर्ने जानकारी दिए ।

यसैगरी, अध्यक्ष भट्टराईले अष्ट्रेलियाली दूतावासको नेपालमा भइरहेको सक्रिय र सकारात्मक भूमिकाको प्रशंसा गरे।

निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले अष्ट्रेलिया सरकारको नीतिले नेपाली विद्यार्थीलाई प्राप्त भएको अवसर र चुनौतीहरूको बारेमा स्पष्ट उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि भिसा प्रक्रियालाई थप सुलभ र सरल बनाउने विषयमा जोड दिए । उनले अष्ट्रेलियाली नीतिहरूको सुधारमा इक्यान र अष्ट्रेलियाली दूतावासको सहकार्यलाई थप सुदृढ गर्नका लागि सुझाव समेत दिएका छन् ।

प्रतिनिधिमण्डलमा उपाध्यक्ष तथा अष्ट्रेलिया विभाग संयोजक भुवन बहादुर क्षेत्री, उपाध्यक्ष गीता सिवाकोटी र महासचिव दीपकराज भुसालको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit