Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन सरकारको आग्रह

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन सरकारको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले सरकारले शुरु गरेको निःशुल्क ‘स्क्रिनिङ’अभियान सफल बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सन्देश जारी गर्दै उनले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो शहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन्।

यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रूपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महशुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले उल्लेख गरेका छन्।

‘हामीले हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्न गरिरहेका छौँ’, उनले भनेका छन्, ‘निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ’, उनले भनेका छन्।

अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्यका स्क्रिनिङ गरिनेछ ।

बिहीबार शुरु भएको अभियान फागुन महिनाभर चल्नेछ। मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने बताएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit