Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

स्वास्थ्य बीमा बोर्डले नागरिकलाई भन्यो– चिकित्सकलाई आवश्यकताभन्दा बढी परीक्षण गराउन दबाब नदिनु

स्वास्थ्य बीमा बोर्डले नागरिकलाई भन्यो– चिकित्सकलाई आवश्यकताभन्दा बढी परीक्षण गराउन दबाब नदिनु
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई अनावश्यक स्वास्थ्य परीक्षण तथा उपचारको माग नगर्न आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि स्वास्थ्य बीमा सेवाको जिम्मेवारपूर्वक सदुपयोग गर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन भनेको हो ।

बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्। कार्यक्रमले उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च घटाउँदै वित्तीय जोखिमबाट संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ।

यद्यपि, स्वास्थ्य बीमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भइरहेको बोर्डले जनाएको छ। यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको स्वीकार गरेको छ।

बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ दाबी भुक्तानी गरिसकिएको छ। साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाहरूको दाबी भुक्तानी फर्छ्योट भइसकेको उल्लेख छ।

मंसिरपछि परेका दाबीहरूको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit