Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

शासकीय सुधारअन्तर्गत मानसिक अस्पतालमा अनलाइन टिकट प्रणाली लागू

शासकीय सुधारअन्तर्गत मानसिक अस्पतालमा अनलाइन टिकट प्रणाली लागू
विज्ञापन
Advertisement

काठमाडौं । मानसिक अस्पताल, लगनखेलले बिरामीको सुविधा र सेवा प्रवाहलाई थप सहज बनाउन अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको छ। अब बिरामीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन र शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्दै अस्पतालले अनलाइन टिकट प्रणाली सुरु गरेको हो। यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गर्दै डिजिटल सेवा विस्तार गर्न निर्देशन दिएको थियो।

अस्पतालका अनुसार नयाँ प्रणाली लागू भएसँगै बिरामीले टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्नेछ। साथै, डिजिटल भुक्तानीको सुविधाले सेवा प्रवाहलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। सार्वजनिक बिदाबाहेक अन्य दिन अस्पतालको ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ।

अनलाइनबाट टिकट लिने बिरामीलाई भने बिहानको ओपीडीका लागि ९ः३० देखि १२ः३० बजेसम्म तथा दिउँसोको ओपीडीका लागि २ः३० देखि ४ः३० बजेसम्म अस्पतालमा उपस्थित हुन अस्पतालले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit