Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

स्वास्थ्य बिमाबापत भरतपुर अस्पताललाई ९२ करोड ३६ लाख रुपैयाँ भुक्तानी

स्वास्थ्य बिमाबापत भरतपुर अस्पताललाई ९२ करोड ३६ लाख रुपैयाँ भुक्तानी
विज्ञापन
Advertisement

चितवन। भरतपुर अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट उपचारबापतको ९२ करोड ३६ लाख ४२ हजार ९४७ रुपैयाँ भुक्तानी प्राप्त गरेको छ। अस्पतालका अनुसार बिमा कार्यक्रमअन्तर्गत उपचार गराएका सेवाग्राहीबाट प्राप्त गर्नुपर्ने अझै करिब ३६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार अस्पतालले विसं २०७४ भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसयता बिमा कार्यक्रममार्फत अस्पतालले कुल २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढी प्राप्त गरिसकेको छ। गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत ४ लाख ४१ हजार पटक सेवा दिएको थियो भने चालु आर्थिक वर्षमा यो संख्या पाँच लाख नाघेको छ। चितवनसहित मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ भन्दा बढी जिल्लाका बिरामी बिमा सेवाका लागि अस्पताल आउने गरेका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिमा सेवाग्राहीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा समय घटाउने काम भइरहेको बताए। भिडियो एक्स–रे सेवाको प्रतीक्षा हटाइएको र सिटी स्क्यान मेसिन मर्मत नहुँदासम्म निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमै सेवा उपलब्ध गराइएको उनले जानकारी दिए।

अस्पतालले अनलाइन टिकट प्रणाली पनि विस्तार गरेको छ। हाल दैनिक करिब २०० जनाले अनलाइनमार्फत टिकट काट्ने गरेका छन् भने यो संख्या ४०० पुग्ने अपेक्षा गरिएको छ। साथै, नगद काउन्टर आठबाट बढाएर १० वटा बनाइएको अस्पतालले जनाएको छ। डा. बगालेका अनुसार स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको केही औषधि र सेवाको शुल्क वास्तविक खरिद मूल्यभन्दा कम भए पनि अस्पतालले सेवामा कुनै कमी हुन नदिई उपचारलाई निरन्तरता दिइरहेको छ। नयाँ बिमा शुल्क व्यवस्थापछि बहिरङ्ग सेवामा २५ हजार रुपैयाँसम्मको उपचारमा बिरामीले पहिलेभन्दा बढी औषधि र सेवा पाउन थालेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit