Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

कोशी अस्पतालको अतिक्रमण हटाउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त निरीक्षण, एक साताभित्र संरचना भत्काइने

कोशी अस्पतालको अतिक्रमण हटाउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त निरीक्षण, एक साताभित्र संरचना भत्काइने
विज्ञापन
Advertisement

काठमाडौं । कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्र बनाउँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको संयुक्त स्थलगत निरीक्षण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्यमन्त्री मेहताले शनिबार अस्पतालको अनुगमनका क्रममा अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएपछि त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्री गुरुङसहित पुनः अस्पताल पुगेर अतिक्रमित संरचनाको अवस्थाबारे निरीक्षण गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना तत्काल हटाउने निर्णय भएको छ। गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनबमोजिम अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयसहित परिचालन गरिने बताएका छन्।

स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत अतिक्रमित संरचना खाली नगरिनु दुःखद् भएको बताउँदै अबको एक साताभित्र अस्पताल परिसर पूर्ण रूपमा अतिक्रमणमुक्त गराइने स्पष्ट पारिन्। उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको उपचार र सेवाका लागि प्रयोग हुनुपर्नेमा जोड दिइन्।

अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। तीमध्ये केही संरचना व्यावसायिक प्रयोजनमा समेत प्रयोग हुँदै आएको अस्पतालको दाबी छ।

यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गरेकी थिइन्। उनले आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सरसफाइ, पूर्वाधार व्यवस्थापन, निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमण हटाउने प्रक्रिया प्रभावकारी ढंगले अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit