Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने गृहमन्त्रीको भनाइ

छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने गृहमन्त्रीको भनाइ
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताएका छन् ।
आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेदलागायत विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै लेखकले जातीय विभेद निर्मुल पार्न सरकार लागिपरेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । ७७ जिल्लामै डेस्क बनाउन पनि भन्छु ।’

उनले संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुनेगरी राख्नुपर्छ भनेर आफैँले भनेको स्मरण गर्दै जातीय विभेदलाई निर्मुल पार्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन् । ‘त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म लागिपरेको छु ।’

आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआईजी भएको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit