Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको छ :महासंघका अध्यक्ष ढकाल

नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको छ :महासंघका अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। युके–नेपाल विजनेश फोरमले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश’ शेसनमा विशेष वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधारहरू गरेको जानकारी दिए। यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भइरहेको उनले बताए।

विज्ञापन
Advertisement
Advertisement

द्विपक्षीय लगानी सम्झौता अर्को महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै ढकालले यस सम्झौताले नेपाल र बेलायतबीचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्ने र व्यापार सम्बन्धलाई सहज बनाउने धारणा राखे। नेपाल सम्भावनाले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले ऊर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार, स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गरे।

‘महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन्, जसले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरेको छ। यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदारीका लागि बेलायती व्यवसायीहरूलाई स्वागत गर्न तयार छौं। बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ दिनेछ,’ उनले भने।

महासंघको पहलमा १० अर्ब रुपैयाँको पूँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरूका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको समेत बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit