Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
विज्ञापन
Advertisement

 काठमाडाैं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौँको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटनका लागि अग्लो स्थानको छनोटले यामाहाको नवप्रवर्तन र प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍याउने सोच प्रष्ट्याउनुका साथै बहु(स्तरीय र गतिशील वातावरणमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य पनि झल्काएको छ ।

डिजिटल र राइडिङ समुदायसँग बलियो सम्बन्ध भएको यामाहाले कार्यक्रमलाई मौलिक ढंगले दुई फरक चरणमा छुट्याएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु र अन्तरक्रियाका लागि आमन्त्रण गरिएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यमका प्रतिनिधि, व्यवसायिक साझेदार, डिलर तथा रोडिज ग्याङ लिडर, रेसर र ब्लू स्ट्रिक्स जस्ता यामाहा राइडिङ समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा यामाहा परिवारका सदस्यहरू सहित अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, यामाहा मोटर इन्डिया सेल्सका एक्सपोर्ट मार्केटिङ जी।एम। राजदीप सिंह र डी।जी।एम। बिपिन सिंहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वर्षा बस्नेत र श्रीहरी पौडेल जस्ता चर्चित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो भने सञ्चारकर्मी र कन्टेन्ट क्रिएटरहरूले उत्साहजनक सहभागिता रहेको थियो। अनावरण कार्यक्रममा हाइब्रिड प्रविधि र सहभागिताको महत्वलाई झल्काउने गरी रोबोट र मानिसको संयुक्त प्रस्तुति देखाइएको थियो ।

कार्यक्रमलाई थप आकर्षक बनाउन यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ, जसले ब्रान्डको बोल्ड, स्टाइलिस र प्रदर्शनमुखी पहिचानलाई अझ सुदृढ बनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण थियो, जुन सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल हो । यो बलियो विरासतलाई निरन्तरता दिँदै यामाहाले प्रमाणित १४९ सीसी फ्युल(इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit