Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एनएमबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट सम्पन्न

एनएमबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाइ बाँडफाँट गरिएको छ। एनएमबि क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीका लागि ल्याएको थियो। तर मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार वृद्धि गरी १३ करोड ६४ लाख ८४ हजार इकाइ कायम गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस योजनाअन्तर्गत कोष प्रवर्द्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाइ, योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटललाई १३ लाख ६५ हजार ५४९ इकाइ, तथा बाँकी ११ करोड ६० लाख १० हजार ७६० इकाइ सर्वसाधारणलाई बाँडफाँट गरिएको छ। ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ एक बन्दमुखी म्युचुअल फण्ड हो, जसको अवधि १० वर्षको हुनेछ। यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

एनएमबि क्यापिटलले यो म्युचुअल फण्ड जारी गरेर लगानीकर्ताहरूलाई दीर्घकालीन प्रतिफलमुखी लगानी अवसर प्रदान गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit