Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन : अनलाइन किनमेलमा शानदार बचतको अवसर

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन : अनलाइन किनमेलमा शानदार बचतको अवसर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म, दराज नेपालले बहुप्रतीक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ। यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी, तथा ५० लाख रुपैयाँ बराबरका भाउचरहरू प्राप्त गर्न सक्नेछन्। फागुन १९ देखि फागुन २३ सम्म सञ्चालन हुने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

फ्ल्याश सेल मार्फत दैनिक आकर्षक छुट

क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेलू मार्फत दैनिक रूपमा आकर्षक छुटहरूको लाभ लिन सक्नेछन्। यस अन्तर्गत, सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ। यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेलू सेक्शन नियमित रूपमा जाँच गर्न अनुरोध गरिएको छ।

बेस्ट प्राइस ग्यारेन्टी कार्यक्रम

ग्राहकहरूलाई थप लाभ प्रदान गर्न दराजले बेस्ट प्राइस ग्यारेन्टी कार्यक्रम पनि ल्याएको छ। यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। तर, यसको लागि निश्चित योग्यता र मापदण्ड पूरा गर्नु पर्नेछ।

निःशुल्क डेलिभरी सुविधा

३.३ क्याम्पेनको अर्को महत्वपूर्ण विशेषता निःशुल्क डेलिभरी सुविधा हो। यस अन्तर्गत ग्राहकहरूले कम्तीमा ४९९ को खरिद गर्दा छनौट गरिएका विक्रेताहरूबाट निःशुल्क डेलिभरी प्राप्त गर्न सक्नेछन्। निःशुल्क डेलिभरी भाउचरहरू प्राप्त गर्न, दराज एपको होमपेजमा रहेको ूफ्री डेलिभरीू ब्यानरमा क्लिक गरी सम्बन्धित पृष्ठमा जान सकिन्छ।

विभिन्न श्रेणीमा अविश्वसनीय अफरहरू

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, घर सजावट, र अन्य विविध उत्पादनहरूमा आकर्षक अफरहरू प्राप्त गर्नेछन्। दराज नेपालका अनुसार, ३.३ क्याम्पेन केवल छुट र बचतका लागि मात्र नभई ग्राहकहरूलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

३.३ मार्च म्याडनेस क्याम्पेनबारे थप जानकारीका लागि ग्राहकहरूले दराजको आधिकारिक वेबसाइट, दराज नेपालको फेसबुक पेज, वा दराज एप ब्राउज गर्न सक्नेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit