Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एलपी ग्यास उद्योगीहरुको पुनः आन्दोलन घोषणा, चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक

एलपी ग्यास उद्योगीहरुको पुनः आन्दोलन घोषणा, चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले बेवास्ता गरेपछि एलपी ग्यास उद्योगीहरुले पुनः आन्दोलन गर्ने घोषणा गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग सम्बोधनका लागि सरकारले ठोस कदम नचालेपछि आन्दोलन अघि बढाउन बाध्य भएको जनाएको छ। संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार, सरकारले १५ दिनभित्र समस्या समाधान गर्ने आश्वासन दिए पनि कुनै निष्कर्षमा नपुग्दा उद्योगीहरुले विरोध कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेका हुन्। संघले ग्यास उपभोक्ताका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्न, डिलर कमिसन तथा ढुवानी खर्च वृद्धि गर्न, र मुद्रास्फीति अनुसार समायोजन गर्नुपर्ने माग अघि सारेको छ। सरकार र नेपाल आयल निगमको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

विज्ञापन
Advertisement
Advertisement

चरणबद्ध आन्दोलनको कार्यक्रम
संघले फागुन १८ देखि देशभरका ५९ वटा ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (एम्इ) खरिद नगर्ने घोषणा गरेको छ।

फागुन २४ : इन्डियन आयल कर्पोरेसनबाट नेपालका लागि ग्यास बुलेट लोड गराउन रोक्ने
चैत १: भन्सारबाट ग्यास बुलेट छुटाउन रोक्ने
चैत ६: माग पूरा नभए चैत ७ बाट उद्योगहरुबाट ग्यास बिक्रीवितरण बन्द
चैत ११: डिलरहरुले ग्यास बिक्री वितरण रोक्ने

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit