Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अब निष्क्रिय कर्जा ८ प्रतिशतसम्म भएका बैंकमा पनि राष्ट्र बैंकको निक्षेप

अब निष्क्रिय कर्जा ८ प्रतिशतसम्म भएका बैंकमा पनि राष्ट्र बैंकको निक्षेप
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा ( npl) ५ प्रतिशत नाघेका बैंकमा पनि निक्षेप राख्ने नीति लिएको छ। यसअघि ५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थामा केन्द्रीय बैंकले निक्षेप लगानी नगर्ने प्रावधान थियो। तर, नयाँ व्यवस्थाअनुसार अब कुल निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको बैंकमा समेत निक्षेप राख्न सकिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले विभिन्न कोषमा रहेको रकम व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। बैंक तथा वित्तीय संस्थाले फागुन २० गते मध्यरातभित्र आवश्यक प्रस्ताव पेस गर्नुपर्नेछ।

यसअघि, संस्थागत निक्षेपकर्ताका लागि लगानी निर्देशिकामा ५ प्रतिशत निष्क्रिय कर्जा नाघेका बैंकमा निक्षेप राख्न नपाइने व्यवस्था थियो। तर, नयाँ नीतिले वित्तीय संस्थाहरुको तरलता व्यवस्थापनलाई सहज बनाउने विश्वास गरिएको छ। यस नीतिले केन्द्रीय बैंकको तरलता व्यवस्थापनलाई प्रभाव पार्ने र उच्च निष्क्रिय कर्जा भएका बैंकहरुका लागि केही राहत दिने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit