Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

वाणिज्य बैंकहरूको ब्याजदर माघमा थप घट्यो, व्यक्तिगत मुद्दतीको औसत ४.६८ प्रतिशतमा सीमित

वाणिज्य बैंकहरूको ब्याजदर माघमा थप घट्यो, व्यक्तिगत मुद्दतीको औसत ४.६८ प्रतिशतमा सीमित
विज्ञापन
Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । उच्च तरलता, कमजोर कर्जा प्रवाह तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थाका कारण बैंकहरूको ब्याजदर निरन्तर ओरालो लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा ०.१४९५ प्रतिशत विन्दुले घटेको छ । पुसमा औसत ४.८३४ प्रतिशत रहेको अधिकतम ब्याजदर माघमा घटेर ४.६८४५ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणालीमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा समेत असर पर्छ । निक्षेपको ब्याजदर घटेसँगै आधार दर कम हुने र त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा देखिने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतमै सीमित रहेको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ५.५ प्रतिशत ब्याजदर कायम राखेको छ ।

पुसको तुलनामा माघमा ११ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । आठ बैंकले ब्याजदर स्थिर राख्दा एक बैंकले सामान्य वृद्धि गरेको छ । अधिकांश बैंकले ब्याजदर घटाएकै कारण औसत ब्याजदर ओरालो लागेको हो ।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

त्यसैगरी नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ब्याजदर स्थिर राखेका छन् । प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दतीको ब्याजदर सामान्य रूपमा बढाएको छ ।

बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपमा तुलनात्मक रूपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर तोक्ने अभ्यास गर्दै आएका छन् । कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको र त्यसकै कारण ब्याजदर घटिरहेको बैंकहरूको भनाइ छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापन गर्न बोन्ड, स्थायी निक्षेप सुविधा लगायतका मौद्रिक उपकरणमार्फत लामो अवधिका लागि समेत तरलता खिच्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit