Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पनि जित्यो ‘बैंक अफ द इयर २०२५’ अवार्ड

सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पनि जित्यो ‘बैंक अफ द इयर २०२५’ अवार्ड
विज्ञापन
Advertisement

 काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले यस वर्ष पनि प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’अवार्ड जितेको छ। बैंक लगातार दोस्रो वर्ष यो अवार्डबाट सम्मानित भएको हो। बैंकले २०२४ पनि यो अवार्डबाट सम्मानित भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर पत्रिकाले वार्षिक रूपमा यस्तो अवार्ड घोषणा गर्ने गर्छ। सन् १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनद्वारा प्रदान गरिँदै आएको छ। उत्कृष्ट वित्तीय प्रदर्शन (मुनाफा, स्थायित्व), नवीनता बैंकिङ (डिजिटल बैंकिङ र ग्राहक सेवामा सुधार) र दिगो विकास (हरित वित्त र सामाजिक उत्तरदायित्व) को मूल्यांकनमा उक्त अवार्ड प्रदान गरिन्छ। यो अवार्ड पाउनु भनेको ग्लोबल स्तरमा सम्बन्धित बैंकको पहिचान र ग्राहकको विश्वास अभिवृद्धि गर्नु हो।

फाइनान्सियल टाइम्सको वार्षिक मूल्यांकनमा सिटिजन्स बैंकले वित्तीय गतिविधिको विस्तार, डिजिटल बैंकिङ सेवा, हरित वित्त र उत्कृष्ट ग्राहक सेवाको आधारमा यो अवार्ड जितेको हो। यस अवार्डले बैंकलाई डिजिटल र हरित बैंकिङमा थप सक्रिय हुन प्रेरित गरेको छ। बैंकले आगामी दिनमा अझ प्रभावकारी र नवीनतम सेवा प्रवर्द्धन गर्ने योजना रहेको बताएको छ।

सिटिजन्स बैंकले पहिलोपटक सुरु गरेको ‘सिटिजन्स वातावरणीय कोड’ अभियानमार्फत वातावरणमैत्री बैंकिङका लागि कदम चालेको छ। यो अभियानअन्तर्गत बैंकले हरित बैंकिङ प्रवद्र्धन गर्दै आएको छ। बैंकलाई विशेषगरी ग्राहक केन्द्रित डिजिटल बैंकिङ सेवाहरू, वित्तीय समावेशीकरण, र हरित बैंकिङका प्रयासको उच्च मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको हो।

बैंकले गत कात्तिकमा प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ पुगेको छ। यद्यपि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा १९ करोड ८२ लाख २० हजार थियो।

असोजसम्म बैंकको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४९ करोड ७८ लाख थियो। बैंंकको सञ्चालन नाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २८ करोड २९ लाख ७१ हजार थियो।

बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख र रिजर्भ कोषमा ८ अर्ब २८ करोड सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ पुगेको छ।

लन्डनमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति समिति अध्यक्ष प्रबलजंग पाण्डेले अवार्ड ग्रहण गरेका थिए। उनले पुरस्कृत भएपछि ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिन अझ बढी प्रेरणा मिलेको बताए।

सीईओ गणेशराज पोखरेलले अवार्ड प्राप्त गर्नु बैंकको टिमवर्क र निरन्तर प्रयासको परिणाम भएको प्रतिक्रिया दिए। उनले भने, ‘यो अवार्डले हामीलाई अझ बढी ग्राहक–केंद्रित सेवा र डिजिटल प्रविधिको विकासमा केन्द्रित रहन प्रेरणा प्रदान गर्नेछ। हाम्रो उद्देश्य सेवा सरल, प्रभावकारी, र विश्वसनीय बनाउँदै अघि बढ्ने हो।’

बैंकमा नयाँ सञ्चालक समिति चयनपश्चात बैंकको पर्फमेन्स राम्रो बन्दै गएको छ। सिटिजन्स बैंकको गत वर्षको असोजमा प्रबलजंग पाण्डेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको थियो। त्यसयता बैंकको खुद नाफा, ब्याज ब्याज आम्दानी, वितरण योग्य नाफा, लाभांश क्षमतालगायत विभिन्न सूचकांकमा सकारात्मक सुधार भएको छ।

बैंकले नेपालको सबै प्रदेशमा समावेशी तबरले आफ्नो व्यवसाय विस्तार गर्न अघिल्ला वर्षमा ६ वटा विभिन्न बैंक तथा वित्तीय संस्था गरी प्राप्ति गरेको थियो। बैंकले नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सृजना फाइनान्स प्राप्ति गरी देशको सातै प्रदेशमा आफ्नो उपस्थिति जनाएर समावेशी तबरले बैंकिङ कारोबार गरिरहेको छ।

हाल बैंकले २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit