काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आएका इटालीका गोलकिपर जियानलुइजी बुफोनसँग भेट गरेका छन् ।
‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न सोमबार काठमाडौं आएका लेजेण्ड फुटबलर बुफोनसँग प्रधानमन्त्री ओलीसहितको टोलीले मंगलबार बिहान बालुवाटारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले बुफोनसँगको भेटबारे भनेका छन् ‘नेपाल आएका इटालियन गोलकिपर जियानलुइजी बुफोनसँग सँगै चिया खाजा खाने अवसर मिलेको थियो । उहाँको नेपाल बसाई सुखद रहोस् ।’
बुफोनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीको राष्ट्रिय टोलीका लागि १७६ खेल खेलेका उनले ८० खेलमा कप्तानी गरेका थिए । यस्तै, बुफोनले ५ पटक विश्वकप खेलेका थिए ।
‘केपी ओली कप फुटबल’ को फाइनल खेल आज साँझ ६ बजे दशरथ रंगशालामा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल हेर्न रंगशालामा विश्वचर्चित इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्