Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा वास क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा वास क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
विज्ञापन
Advertisement

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सोमबार नेपाल र भारतबिच खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबिच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्त्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भारत र नेपाल सरकारबिच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ।’

भारत गणराज्य सरकार र नेपाल सरकार दुवै देशहरूबिच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तरसरकारी सहकार्यलाई सुदृढ गर्ने आकांक्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरू तथा चिन्ताहरूलाई स्वीकार गर्दै नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौताले भारत र नेपालबिच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुखर्जी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई। प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई। मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठलगायतको सहभागिता रहेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । शनिबार भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका मन्त्री यादव भोलि मंगलबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit