Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनको भाउ १४ सय रुपैयाँले सस्तियो, तोलाको कति ?

सुनको भाउ १४ सय रुपैयाँले सस्तियो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत आइतबारको तुलनामा सोमबार ९०० रुपैयाँले घटेको सुनको भाउ आज १४ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन एक तोला सुनको मूल्य दुई लाख ८९ हजार ४०० रुपैयाँ तोकिएको थियो । यस्तै, आइतबार दुई लाख ९० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको सुन गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको भाउ समेत केही घटेको छ। सोमबार चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार चाँदीको मूल्य मंगलबार चार हजार ५५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३० रुपैयाँ सस्तो हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit