Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कागज आयातमा निर्भरता घटाउने लक्ष्यसहित नेपालकै ठूलो पेपर मिलबाट उत्पादन सुरू

कागज आयातमा निर्भरता घटाउने लक्ष्यसहित नेपालकै ठूलो पेपर मिलबाट उत्पादन  सुरू
विज्ञापन
Advertisement

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा देशकै सबैभन्दा ठूलो कागज उद्योग ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापना गरेको यो उद्योग नेपालमा कागज उत्पादनको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो उद्योगमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिएको छ। गत पुस महिनादेखि उत्पादन सुरु गरिसकेको भए पनि उद्योगको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट यसै साता गरिने तय गरिएको छ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ। तर, कागज उत्पादन गर्ने उद्योगहरूको अभावका कारण नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहँदै आएको छ। विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपरजस्ता दैनिक आवश्यक वस्तुहरू समेत नेपालले विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो। चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्र ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात भइसकेको छ। आयातमा निर्भरता कम गर्न र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न यो उद्योग महत्वपूर्ण हुने बताइएको छ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ। हाल कार्यरत श्रमिक तथा कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढी स्थानीय छन् भने २० प्रतिशत श्रमिक महिलाहरू रहेका छन्। उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएको छ। पहिलो वर्षमै नेपालमा आवश्यक कागजको करिब ३० प्रतिशत स्वदेशमै उत्पादन गर्ने योजना उद्योगको छ।

उत्पादन क्षमता र प्रविधिद्रारा उत्पादित

हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ। उद्योगले केही समयभित्रै क्षमता वृद्धि गर्दै दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ जसले उत्पादन लागत घटाउन तथा गुणस्तर कायम राख्न सहयोग पुर्‍याउनेछ।

पेपर मिलको लागि १२ किलोमिटर टाढा रहेको पूर्व- पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट बिजुली ल्याइएको छ। विद्युत् आपूर्तिलाई व्यवस्थित गर्न विशेष योजना अपनाइएको छ जसले उद्योगको निरन्तर सञ्चालन सुनिश्चित गर्नेछ। नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिको सञ्चालनले नेपाललाई कागज उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्वदेशमै रोजगारी सिर्जना गर्दै आयात प्रतिस्थापन गर्न सक्ने भएकाले यो उद्योग नेपालमा औद्योगिकीकरणको उत्कृष्ट उदाहरण बन्नेछ। सरकारले यस्ता उद्योगहरूलाई प्रोत्साहन गर्दै उचित नीति अवलम्बन गरेमा नेपाल निकट भविष्यमा कागज उत्पादनमा आत्मनिर्भर हुनसक्ने सम्भावना छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit