Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बक्यौता नतिर्ने ५५ उद्योगको पानी–बिजुली काटियो, एकैदिन १० करोड असुली

बक्यौता नतिर्ने ५५ उद्योगको पानी–बिजुली काटियो, एकैदिन १० करोड असुली
विज्ञापन
Advertisement

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा तथा महसुल नतिर्ने ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबारदेखि देशभरका १०औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही सुरु गरेको लिमिटेडले लाइन काट्न थालेकै दिन बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुल गरेको छ।

लाइन काटिनेमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग, हेटौंडा औद्योगिक क्षेत्रका १३ वटा, पाटन औद्योगिक क्षेत्रका ७ ओटा, पोखरा औद्योगिक क्षेत्रका ५ ओटा, बुटवल र भक्तपुरका ४/४ वटा नेपालगञ्ज र अन्य स्थानका थप ६ ओटा रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार बक्यौता तिरेपछि बालाजु,पोखरा र नेपालगञ्जका ८ उद्योगको लाइन पुनः जडान गरिएको छभने बक्यौता चुक्ता नगर्ने बाँकी ५५ उद्योगको सेवा ठप्प छ।

लिमिटेडका अनुसार बिहीबार पनि बक्यौता नतिर्ने अन्य उद्योगमाथि लाइन काट्ने कारबाही जारी रहनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit