Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भुक्तानी सम्बन्धी नयाँ निर्देशन जारी,अब एउटा खाताबाट एउटै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न पाइने

भुक्तानी सम्बन्धी नयाँ निर्देशन जारी,अब एउटा खाताबाट एउटै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न पाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई लक्षित गर्दै नयाँ निर्देशन जारी गरेको छ। भुक्तानी प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्र बैंकको भुक्तानी विभागले नयाँ नियम लागू गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ निर्देशनअनुसार, अब एउटा खाताबाट एउटै प्रकृतिका (डेबिट, क्रेडिट, प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न पाइने व्यवस्था गरिएको छ। तर, डोमेस्टिक कार्ड स्कीम अन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा नपुर्याउने स्पष्ट गरिएको छ। यसले वित्तीय अनुशासनलाई मजबुत बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, राष्ट्र बैंकले संस्थापक शेयर खरिदबिक्री र नामसारी सम्बन्धी नयाँ व्यवस्था पनि लागू गरेको छ। यस व्यवस्थाले संस्थापक शेयर कारोबारलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ। राष्ट्र बैंकको यस निर्णयले वित्तीय क्षेत्रलाई थप व्यवस्थित गर्ने विश्वास गरिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit