Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रेमिट्यान्समा रेकर्ड : वैशाखमा साढे २ खर्ब आउँदा १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब

रेमिट्यान्समा रेकर्ड : वैशाखमा साढे २ खर्ब आउँदा १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १९ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म रेमिट्यान्स आप्रवाहमा ४१.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको १० महिना (वैशाख मसान्त) सम्म कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह केवल १३.३ प्रतिशतले मात्र बढेको थियो ।

वैशाख महिनामा मात्रै साढे २ खर्ब बढी भित्रियो

चालु आवको वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको वैशाख महिनाको तुलनामा निकै बढी हो । अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाहमा ठूलो सुधार देखिएको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले मात्र बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो । रेमिट्यान्समा उत्साहजनक वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने केही गिरावट आएको छ। तर, पुनः श्रम स्वीकृति (नवीकरण) लिनेको सङ्ख्या भने बढेको छ ।

चालु आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६ सय १० र २ लाख ८० हजार ३ सय १४ रहेको थियो । जुन अघिल्लो वर्ष ४ लाखभन्दा बढी थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit