Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चुजमीको दोस्रो आउटलेट काठमाडौं महलमा विस्तार

चुजमीको दोस्रो आउटलेट काठमाडौं महलमा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली फेसन उद्योगमा जमेको ब्रान्ड ‘चुज मी’ को दोस्रो आउटलेट काठमाडौं महल सुन्धारामा विस्तार भएको छ। पहिलो आउटलेट पाटनमा खोलेर जबरजस्त सफलता पाएपछि सञ्चालक रिना जोशीले चुजमीको थप नयाँ शाखा खोलेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार उक्त आउटलेटको उद्घाटन समारोहमा फेसनप्रेमीहरूको घुइँचो लागेको थियो । आउटलेटको उद्घाटन गर्दै रिना जोशीले ब्रान्डबारे भनिन्, ‘फेसन भनेको केवल कपडा होइन, आत्मविश्वास हो। मैले ‘चुज मी’ सुरु गर्दा ग्राहकहरूको साथ नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो। तपाईंहरूको साथ,समर्थन र माया सधैं रहोस् भन्ने मेरो चाहना छ।’

शिक्षिकाबाट सफल उद्यमी बनेकी रिना जोशी सामाजिक सञ्जालमा चुज मी दिदीका नामले परिचित छिन्। उनले टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा मिठासपूर्ण शैलीमा बनाएर राखिएको भिडियोलाई हजारौंको संख्यामा ग्राहकवर्गले मन पराउने गर्दछन् ।

केही वर्षअघिसम्म सानो सपना देखेर व्यवसाय थालेकी रिना जोशीको ब्रान्ड आज नेपाली फेसन बजारमा ट्रेन्ड बन्दै गएको छ । कटनका कुर्था, सुरवाल, र सारी प्रमुख आकर्षण रहेको चुजमीले नयाँ आउटलेट ओपनिङको अवसरमा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराएको छ।

‘तपाईंले मन पराउने शैली, अब तपाईंकै नजिक’ भन्ने नारासहित सञ्चालनमा आएको नयाँ आउटलेट फेसनप्रेमीहरूको लागि चुज मी दिर्घकालीन गन्तव्य बन्ने विश्वास जोशीको छ। आफूले सपना देखेदेखि समना पूरा गर्नेसम्मको उनको यात्रामा साथ दिइरहेका सबै ग्राहक, शुभचिन्तक र फेसनप्रेमीहरूलाई उनले भनिन्, ‘साथमा हुनुहुन्थ्यो, साथमा हुनुहुन्छ, सधैं साथमै रहनु होला।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit