Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेरियटसँगको सहकार्यमा सीजी हस्पिटालिटीले सुरु गर्यो ‘सिरिज बाइ मेरियट’ होटल श्रृंखला

मेरियटसँगको सहकार्यमा सीजी हस्पिटालिटीले सुरु गर्यो ‘सिरिज बाइ मेरियट’ होटल श्रृंखला
विज्ञापन
Advertisement

 काठमाडाैं । मेरियट इन्टरनेसनलसँगको आफ्नो सहकार्यलाई निरन्तरता दिदै सीजी हस्पिटालिटीले नयाँ होटल श्रृंखला सिरिज बाइ मेरियटु को सुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सीजी हस्पिटालिटीले आफ्नो बहुमत शेयर रहेको कम्पनी कन्सेप्ट हस्पिटालिटी मार्फत मेरियट इन्टरनेसनलसंग उक्त साझेदारीको घोसणा गरेको हो । यो नयाँ होटल श्रृंखला भारतको प्रसिद्ध वातावरणमैत्री होटल चेन द फर्न सँगको सहकार्यमा सुरु गरिएको छ । यस सहकार्यले सीजी हस्पिटालिटीको नेपाल, संयुक्त अरब इमिरेट्स, श्रीलंका र फिलिपिन्स जस्ता मुख्य बजारहरूमा बढ्दो उपस्थितिलाई थप सुदृढ बनाउने कम्पनीले बिस्वास लिएको छ ।

सीजी हस्पिटालिटी सीजी कर्प ग्लोबल अन्तर्गत संचालनमा रहेको आतिथ्य कम्पनी हो ।सम्झौता अनुसार, द फर्न, फर्न रेसिडेन्सी, र फर्न हेबिटाट अब म्यारियटको अन्तर्राष्ट्रिय प्रणालीमा समावेश हुनेछन्। हाल कन्सेप्ट होस्पिटालिटी अन्तर्गत ९० वटा भारतीय शहरहरूमा १२० भन्दा बढी होटल सञ्चालनमा छन् भने ४० होटल विस्तारको क्रममा छन्। नयाँ सम्झौताबाट करिब ८४ वटा फर्न ब्रान्डका होटल र करिब ६ हजार कोठा म्यारियटको भारतस्थित पोर्टफोलियोमा थपिनेछन्।

उक्त सम्झौता पश्चात बोल्दै सीजी हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भने, ‘यो सहकार्य केवल पोर्टफोलियो विस्तार मात्रै होइन, यो हाम्रो साझा दृष्टिकोणको प्रतिबिम्ब हो – आतिथ्य क्षेत्रलाई नयाँ परिभाषा दिने। हामीले भारतका साना सहरहरूमा फर्नमार्फत् दिगो, उत्तरदायी र पहुँचयोग्य आतिथ्यलाई अघि सारेका थियौं। अब हाम्रो लक्ष्य सन् २०३० भित्र फर्न ब्रान्डलाई ५०० होटलमा विस्तार गर्नु हो र सीजी हस्पिटालिटीलाई विश्वभर ६५० होटलसम्म पुर्‍याउनु हो। मेरियटको अन्तर्राष्ट्रिय पहुँच, भरोसा र कार्यक्रम हाम्रो यात्रामा थप प्रोत्साहन हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’

सम्झौतामा म्यारियटले कन्सेप्ट होस्पिटालिटीमा लगानी गर्ने र भारतमा फर्न ब्रान्डहरूका लागि विशेष सह९ब्रान्डिङ गर्नेछ। यस सम्झौता पश्चात फर्न होटलहरूले म्यारियटको अन्तर्राष्ट्रिय बुकिङ प्रणाली, प्रविधि, तथा करिब २३ करोड ७० लाख सदस्य रहेको बोनभोय लोयल्टी प्रोग्रामु को फाइदा लिन सक्नेछन्।

यो सहकार्यले विश्वव्यापी सम्भावना बोकेका क्षेत्रीय रूपमा स्थापित ब्रान्डहरूमा सीजी हस्पिटालिटीको दीर्घकालीन विश्वासलाई प्रतिबिम्बित गर्दछ। सीजी हस्पिटालिटीले ‘द फर्न’ लाई वातावरणमैत्री र उच्चस्तरीय आतिथ्य सेवाको एक अग्रणी ब्रान्डको रुपमा स्थापित गर्दै आफ्नो विश्वव्यापी यात्रा तय गर्दै आएको छ । यसअघि सीजी हस्पिटालिटीले फिलिपिन्सस्थित फार्म एट सान बेनिटो लाई पनि म्यारियटको ‘अटोग्राफ संग्रह’ ब्रान्डमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

सीजी हस्पिटालिटीले नेपालमा पनि वेलनेस, पर्यटन र जीवनशैलीसँग सम्बन्धित क्षेत्रमा लगानी गर्दै आएको छ, जसअन्तर्गत नवलपुर स्थित मिराया वेलनेस तथा गल्फ रिसोर्ट, चितवन स्थित उन्नति कल्चरल भिलेज, काठमाडौं स्थित भिभान्ता लगायतले आतिथ्य क्षेत्रमा सेवा दिदै आएका छन् ।

कम्पनीका अनुसार नेपालमा अन्य परियोजनाहरू पनि तयारीको क्रममा रहेका छन्, जसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सहयोगी भूमिका खेल्नेछन् ।

सीजी कर्प ग्लोबल अन्तर्गत २०० भन्दा बढी कम्पनीहरू, २६० भन्दा बढी ब्रान्डहरू र २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। ३२ देशमा व्यापार विस्तार भइरहेको यस कम्पनीले उपभोग्य वस्तु, बैंकिङ, ऊर्जा, आतिथ्य सेवा, आवास, सञ्चार, सिमेन्ट, र शिक्षा जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ।

सीजी होस्पिटालिटी अन्तर्गत हाल १२ देशका १२७ स्थानमा १९५ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्। यसमा ताज, जेटविङ, रेडिसन, हिल्टन र फेयरमोन्टजस्ता विश्वविख्यात ब्रान्डसँग सहकार्य गरिएको छ।

२०२७ भित्र यो संख्या ६५० होटल र ३० हजार कोठामा पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ। सीजी हस्पिटालिटी अन्तर्गत संचालित प्रमुख होटलहरूमध्ये माल्दिभ्सको ताज एक्सोटिका, श्रीलंकाको जेटविङ र ताज समुद्र, फिलिपिन्सको फार्म एट सान बेनिटो, नेपालको मेघौली सराई, दुबईको ताज जुमेरा र केन्याको फेयरमोन्ट नोरफोक रहेका छन् ।

सीजी होस्पिटालिटीको भारतको एक प्रमुख होटल व्यवस्थापन कम्पनी कन्सेप्ट होस्पिटालिटीमा समेत स्वामित्वमा रहेको छ, जसअन्तर्गत फर्न, जिङ्क, र बेकन जस्ता ब्रान्डहरूमा १२० भन्दा बढी होटलहरू सञ्चालित छन् र यस अन्तर्गत सन् २०२७ सम्म ५०० होटलमा विस्तार गर्ने लक्ष्य लिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit