Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्सको बिजनेस रिभ्यू तथा मार्केटिङ स्ट्राटेजी वर्कशप सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्सको बिजनेस रिभ्यू तथा मार्केटिङ स्ट्राटेजी वर्कशप सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।लघु बीमा क्षेत्रमा अग्रपंक्तिमा रहँदै आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ‘बिजनेस रिभ्यू तथा मार्केटिङ स्ट्राटेजी वर्कशप २०२५’ सम्पन्न गरेको छ। कम्पनीको वर्तमान व्यवसायको समिक्षा गर्दै आगामी वर्षका लागि रणनीतिक योजना तय गर्न आयोजित यो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल, डिपुटी सीईओ अनिल गरीसहित नेपाल माइक्रो इन्स्योरेन्सका वरिष्ठ कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको ब्यानरमा ‘सानो इन्स्योरेन्स, ठूलो केयर’ भन्ने अर्थपूर्ण नारालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो। यस नारामार्फत कम्पनीले सानो प्रिमियम बुझाउँदा पनि बीमितले ठूलो लाभ लिन सक्ने सन्देश दिन खोजेको स्पष्ट हुन्छ। खासगरी आर्थिक रूपमा कम पहुँच भएका वर्गका लागि लक्षित बीमा योजनामार्फत समाजमा सामाजिक सुरक्षा विस्तार गर्ने कम्पनीको उद्देश्य कार्यक्रमले झल्काएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सले लघु बीमा क्षेत्रलाई प्रवर्द्धन गर्दै ग्रामीण तथा शहरी गरिब र निम्न आय वर्गका नागरिकलाई बीमा सुरक्षामा समेट्न सक्रिय भूमिका खेल्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit