Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

२१ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब उठाउँदै राष्ट्र बैंक

२१ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब उठाउँदै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आज २५ अर्ब रुपैयाँ उठाउने भएको छ। त्यसको निक्षेप संकलन बोलकबोल प्रकृयाद्वारा आइतबार दिउँसो हुने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

२१ दिनका लागि राष्ट्र बैंकले २५ अर्ब उठाउन लागेको हो। यसको ब्याज तथा सावाँ भुक्तानी आगामी चैत १७ गते गरिनेछ भने यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन पाउनेछन्।

केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ। आजै निष्काशन हुने यस निक्षेप संकलनको ब्याजदर निर्धारण समेत बोलकबोलबाट गरिने छ ।

यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यो रकम बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा समेत प्रयोग गर्न पाउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit