images
images
images

यी हुन कालोसूचीमा परेका १० निर्माण कम्पनी

images
images
images

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।

images
images

कार्यालयद्वारा गणेश तङनामी प्रमुख रहेको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत प्रमुख रहेको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई डेढ /डेढ वर्षका लागि कालोसूचीमा राखेको उल्लेख छ । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो ।

यस्तै, सनम निर्माण सेवा संखुवासभा, निर्जरा निर्माण सेवालाई सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा राखिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी एस निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । कार्यालयले इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौंलाई पनि डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको आधारमा एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

यसैगरी, राजेन्द्र निर्माण सेवा, राम निर्माण कन्स्ट्रक्सन,रफिना एण्ड कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो ।

विकास निर्माण कार्यमा ठेक्का जिम्मा लिएर काम गर्न अटेर गर्ने तथा सन्तोषजनक काम नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

images
images

प्रतिक्रिया दिनुहोस्