Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

दुई वर्षदेखि विवरण नबुझाउने सहकारी संस्थालाई कारबाहीको चेतावनी

दुई वर्षदेखि विवरण नबुझाउने सहकारी संस्थालाई कारबाहीको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई विवरण बुझाउन आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सहकारी संस्थासँग विवरण माग गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सहकारी संस्थाहरूले काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (३) र १०४ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र संस्थाले साधारण सभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले पन्ध्र दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

तर हालसम्म केही सहकारी संस्थाहरूले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८०र८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेश गरेको नदेखिएको भन्दै ती सहकारी संस्थाहरूले अविलम्ब वार्षिक साधारण सभा सम्पन्न गर्न भनेको छ । महानगरले साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदनहरू विभागमा पेश गर्न आग्रह गरेको छ।

यस्तै, महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ (३) बमोजिम विगत २ आर्थिक वर्षदेखि विभागमा वार्षिक विवरण पेश नगर्ने सहकारी संस्थाहरूलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गर्ने जनाएको छ ।

सहकारी संस्थाहरूको नियमन गर्ने अधिकार संविधानतः स्थानीय तहलाई तोकिए बमोजिम काठमाडौं महानगरपालिकाले कानूनी र संरचनागत व्यवस्था मिलाई आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको दर्ता, प्रवर्द्धन, अनुगमन लगायतका कार्यहरू गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit