Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी

उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा नेपालको उद्योग क्षेत्र समृद्धितर्फ उन्मूख रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मेरो अटोले आज काठमाडौंमा आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ–२०८१’ को उद्घाटन गर्दै उनले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको बताए । त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको भनाइ मन्त्री भण्डारीको छ ।

सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गरे। नयाँ बजेटको छलफल प्रारम्भ भैसकेको भन्दै उनले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट आगामी वर्ष बजेट माग गरिने बताए ।

कार्यक्रममा मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि सुझाव माग गरे । आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने प्रतिबद्धता उनको छ ।

नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको भनाइ मन्त्री भण्डारीको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit