Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बैंकहरुको अधिक तरलता कम गर्न आज फेरि ४० अर्ब तान्दै केन्द्रीय बैंक

बैंकहरुको अधिक तरलता कम गर्न आज फेरि ४० अर्ब तान्दै केन्द्रीय बैंक
विज्ञापन
Advertisement

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले २१ दिनका लागि उक्त निक्षेप संकलन बोलकबोल बिधि मार्फत ४० अर्ब रुपैयाँ तरलता आईतबार तान्न लागेको जनाएको हो ।

हाल बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढेको छ । तर, बैंकमा थुप्रिएको निक्षेप अनुपातमा कर्जा लगानी भने हुन सकेको छैन । केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो ३ बजे अनलाइन बोलकबोल गर्ने जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस अघि राष्ट्र बैंकले फागुन २८ गते २१ दिनका लागि ५० अर्ब , फागुन २५ गते २१ दिनकै लागि २५ अर्ब रुपैयाँ निक्षेप खिचेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit