Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सरकारले तयार गर्यो व्यापार नीतिको तेस्रो प्रारम्भिक रुपरेखा

सरकारले तयार गर्यो व्यापार नीतिको तेस्रो प्रारम्भिक रुपरेखा
विज्ञापन
Advertisement

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको पूर्वतयारी थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले विश्व व्यापार संगठनबाट माग भई आएको विवरण तथा तथ्याङ्क तयार गर्न र नेपालको राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्ने सम्बन्धी तयारीका लागि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको जनाएको हो ।

यही फाल्गुन २५ र २६ गते सरोकारवाला २५ वटा मन्त्रालय÷विभाग÷निकायको सक्रिय सहभागीतामा व्यापार नीति समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको जानकारी दिएको छ ।

सन् २०१८ देखि हालसम्म समग्र व्यापार नीतिसँग सम्बन्धित नीतिगत, कानुनी, प्रक्रियागत एवम् संरचनागत सुधार एवम् परिवर्तनहरुको अध्ययन विश्लेषण गरी आवश्यक जानकारी, सूचना, तथ्यांक तथा सरकारको प्रतिवेदनको प्रारम्भिक रुपरेखा कार्यशालाबाट तयार गरिएको छ ।

व्यापार नीति समीक्षा विश्व व्यापार संगठनबाट सदस्य राष्ट्रहरुको व्यापारसँग सम्बन्धित समग्र नीति, कानुन, प्रक्रियागत व्यवस्था तथा संस्थागत संरचनाको विश्लेषण गरी आवधिक रुपमा समीक्षा गरिने प्रावधान हो । यस क्रममा सदस्य राष्ट्रको तर्फबाट राष्ट्रिय प्रतिवेदन र विश्व व्यापार संगठनको सचिवालयबाट सचिवालयको प्रतिवेदन तयार पारी विश्व व्यापार संगठनको सम्पूर्ण सदस्यको प्रतिनिधित्व हुने व्यापार नीति समीक्षा निकायमा छलफल हुने गर्दछ ।

नेपालको व्यापार नीतिको पहिलो र दोस्रो समीक्षा क्रमशः सन् २०१२ र सन् २०१८ मा सम्पन्न भएको थियो । नेपालको व्यापार नीतिको तेस्रो समीक्षा सन् २०२५ नोभेम्बर १७ र १९ मा विश्व व्यापार संगठनको सचिवालयमा हुने तय भएको छ ।

उक्त समीक्षा नेपालले अंगिकार गरेको व्यापार नीति र कानुनी तथा संस्थागत व्यवस्थाको सम्बन्धमा विश्व व्यापार संगठनको सदस्यहरुलाई पारदर्शी रुपमा जानकारी गराई प्रत्यक्ष वैदेशिक लगानी एवम् वैदेशिक व्यापारको क्षेत्रमा भएका नीतिगत र कानुनी व्यवस्थाको प्रचार गर्ने एक महत्वपूर्ण अवसर हुने मन्त्रालयले उल्लेख गरेको छ।

नेपालको व्यापार नीति समीक्षा प्रत्येक सात वर्षमा हुने हुँदा सन् २०२५ पछि अर्को सात वर्षसम्म उक्त समीक्षा प्रतिवेदनले नेपालको व्यापार नीतिको समग्र पक्षको प्रतिनिधित्व गर्नेछ ।

यस कार्यशालाबाट तयार गरिएको विवरणले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको तयारीको लागि महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको अपेक्षा छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit