काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोग तीनै पक्षसँग समन्वय गरी आगामी वर्षको नयाँ बजेट ल्याउने बताएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट ल्याइने र बजेटप्रति सबैको अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने उल्लेख गरे ।
सरोकारवालासँग छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखा परेका चुनौती तथा समस्याहरुलाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ । उनले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनु पर्नेमा जोड दिए।
अर्थमन्त्री पौडेलले उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न पनि गृह मन्त्राललाई आग्रह गरेका छन् ।
आज गृह मन्त्रालयसँग भएको नयाँ बजेट निर्माण सम्बन्धि छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र सस्त्र प्रहरीका प्रमुख लगायतको सहभागिता थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्