images
images
images

बीमकहरूलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न प्राधिकरणको निर्देशन

images
images
images

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुर्नबीमा व्यवसाय गर्ने सबै कम्पनीलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको हो ।

images
images

प्राधिकरणले लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन भनेको छ ।

यस्तै, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई समेत लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र नै प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ ।

बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भएमा सातभित्र जानकारी दिन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिइएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

images
images

प्रतिक्रिया दिनुहोस्