काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-०८४ को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा हुने तरलता प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नयाँ व्यवस्था गर्ने घोषणा गरेको छ।
गभर्नर विश्वनाथ पौडेल ले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिदमार्फत प्रणालीमा आउने अतिरिक्त तरलता व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्र मा लगानी गर्न प्रोत्साहित गरिनेछ।
यससँगै विदेशी मुद्रा खरिद हुने क्रममा नै स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था पनि लागू गरिने मौद्रिक नीतिमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले विदेशी मुद्रा सञ्चिति बढ्दा बैंकिङ प्रणालीमा अनावश्यक रूपमा तरलता विस्तार हुन नदिई मौद्रिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
साथै बजारमा तरलताको सन्तुलन कायम राख्दै मुद्रास्फीतिको दबाब नियन्त्रण गर्न र वित्तीय स्थायित्व सुदृढ बनाउन पनि यस नीतिले सहयोग पुग्ने देखिन्छ ।














प्रतिक्रिया दिनुहोस्