
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
कम्पनीले बुधबार २०८२ सालको कार्यक्रम सहितको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्यालले उक्त क्यालेन्डर सार्वजनिक गरे ।
यस वर्ष कम्पनीले दिगो स्थिरताको लागि पर्यावरणीय सुरक्षालाई महत्व दिएर सोही विषयवस्तुमा रही क्यालेन्डर डिजाइन गरेको जनाएको छ ।
कम्पनीले देशैभरबाट १३९ शाखा तथा उपशाखा मार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्