Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने ट्रम्पको मागप्रति कडा आलोचना

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने ट्रम्पको मागप्रति कडा आलोचना
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

रोबर्टसद्वारा जारी गरिएको एक संक्षिप्त वक्तव्यमा भनिएको छ, ‘दुई शताब्दीभन्दा बढी समयदेखि यो मान्यता स्थापित भएको छ कि महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया होइन। यसका लागि सामान्य पुनरावलोकन प्रक्रियाको व्यवस्था गरिएको छ ।’

ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् । ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यहरूलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ। यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको यो पहिलो घटना हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा भनेका छन्, ‘दुःखको कुरा बाराक हुसेन ओबामाले, कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गर्नुभयो ।’ पोस्टमा उनले थप भनेका छन्, ‘धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु। महाभियोग हुनुपर्छ।’

त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गरेका छन् ।

रोबर्टसको दुर्लभ भनाइपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्ट गर्दै भनेका छन्, ‘यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।’ ‘‘कट्टरपन्थी वामपन्थी’ न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन्,” रोबर्टसले भनेका छन् ।

अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र ‘उच्च अपराध वा दुराचार’ को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाई र सिनेटद्वारा दोषी ठहर गरेर मात्र हटाउन सकिन्छ। अमेरिकामा सङ्घीय न्यायाधीशहरू माथि महाभियोग लगाउने विषय अत्यन्त दुर्लभ छ। पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो।

युनिभर्सिटी अफ रिचमन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले रोबर्टसविरूद्धको हस्तक्षेपलाई ‘अत्यन्त दुर्लभ’ भनेका छन् । उनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सङ्घीय न्यायाधीशको निर्णयको आलोचना गरेपछि प्रधान न्यायाधीशले यस्तै टिप्पणी गरेको स्मरण गरे ।

टोबियासले भने, ‘रोबर्टसले सङ्घीय बेन्चमा ओबामा न्यायाधीश, ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीशहरू छैनन् भनेर जवाफ दिन बाध्य हुनुभएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit