Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

धेरैथरीका नीतिले थिचिएर हाम्रो कृषि क्षेत्र थला परेको छः भरतराज ढकाल ( अन्तर्वार्ता)

धेरैथरीका नीतिले थिचिएर हाम्रो कृषि क्षेत्र थला परेको छः भरतराज ढकाल ( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । मुक्तिनाथ विकास बैंकको उत्कृष्ट सफलतापछि २०७५ सालमा मुक्तिनाथ समूहले नयाँ एक कदम अघि बढाउँदै मुक्ति नाथ कृषि कम्पनीको स्थापना गर्‍यो। ९०१ जना संस्थापक सदस्यहरूको सक्रियतामा स्थापना गरिएको यस कम्पनीले छोटो समयमै कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउने सफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

करिब २० वर्षभन्दा बढी बैंकिङ क्षेत्रबाट उत्कृष्ट सफलता हासिल गरिसकेका भरत ढकाल यतिबेला नेपाल कृषि विकास कम्पनीका प्रबन्धक निर्देशक छन् । उनै ढकाल कम्पनी मार्फत कृषि क्षेत्रको सुधार र स्वदेशमा रोजगार कसरी सिर्जना गराउन सकिन्छ भनेर कम्मर कसेर लागिपरेका छन् । सरकारले अघि सारेको कृषि लगानीदशकको तयारी, कृषिको आधुनिकिकरण र कम्पनीले लिएको नीति र अबको सम्भावनाको सन्दर्भमा रहेर ढकालसँग कर्पोरेट समाचारका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादिक अंशः

नेपालको कृषिलाई हेर्ने सरकारको नजर एकातिर छन्, हाम्रा नीति अर्कोतिर छ, अनि जति पनि कृषि उत्पादन भइरहेको छ त्यो अर्कै ढंगले भइरहेको छ, तरिका मिलेको छैन । यसैगरी चलिरहेको  दशकौं भइसक्यो । नेपालको कृषि क्षेत्रलाई तपाईले चाँही कसरी हेर्नु भएको छ ?

अहिले जति पनि कृषिकर्महरु भएका छन् ति एकातिर फर्किएको छ । राज्यले लिने कृषि नीति अर्कोतर्फ फर्किएको छ । उत्पादन र बजार एकातिर फर्किएको छ । यसरी चारतिर फर्किएको नीतिलाई हामीले कम्पनीमार्फत जोडेर एकैदिशामा फर्काउनेगरी काम गरेका छौं । समस्या कहाँ भएको हो त, एउटा किसानले उत्पादन गरेको कुनै बस्तुलाई सहज रुपमा उपभोक्तासँग कसरी पुर्‍याउन सकिन्छ भनेर हामीले त्यसको अध्ययन अनुसन्धान पहिचान गरेका छौं । हाम्रो कृषि प्रणालीको मुख्य समस्या भनेको सुरुमा कहाँ? के उत्पादन? कस्तो उत्पादन ? र कसरी उत्पादन? भन्ने आउँछ । हामीले त्यसको पहिचान गरेका छौं, दोस्रो उत्पादनपछिको बजारलाई जोड्ने काम दोस्रो महत्वपूर्ण हुन आउँछ । हामीले गरेको र गर्न खोजेको भनेको सहि स्थानमा ,उचित उत्पादन, बजार र उपभोक्तासँग कसरी जोड्न सकिन्छ त्यसलाई जोड दिएका छौं । हामीसँग नीति नभएका होइनन्। तर, यस्ता नीति छन् जुन नीतिको भारीले थिचिएर कृषि क्षेत्र थलै परेको छ । सरकारलाई पनि हामीले अनावश्यक नीतिहरु हटाएर चाहिने र आवश्यक नीति मात्र राख्नुपर्छ भनेका छौं ।

कम्पनी मार्फत छरिएका नीतिलाई एकिकृतगरी त्यसको पहिचान गरेर अघि बढेका छौं । सातवटै प्रदेशमा त्यसकालागि आवश्यक दक्षप्राविधिक जनशक्ति,  संघसंस्थाको व्यवस्था गरेका छौं । यसरी निजीक्षेत्र गैर सरकारी संस्थाहरुले यसबाट अध्यन गरेर कामहरु भइरहेका छन् । नीति बनाउने निर्माताहरुलाई पनि हाम्रा कृषिका विद्यमान समस्या, दिर्घकालीन नीतिका सन्दर्भमा विस्तृत बताएका छौं । अनुसन्धानका लागि पहाडको लागि ३५ रोपनी जग्गामा स्याङ्जामा मा तराईको लागि चितवनमा २०० रोपनी जग्गामा रिसर्च सेन्टर चलाएका छौं । यसमा हामीले अध्ययन नै गरेर नीति बनाउनेलाई जोडेर, कृषिका यावत् समस्याहरुको पहिचान गरेका छौं ।
कृषिमा लगानीगर्ने निजी क्षेत्रहरु आउन सक्नु भएको छैन । सबै क्षेत्रमा निजी क्षेत्रमा पुगेका छन् तर,कृषिमा पुगेको देखिदैन  जति लगानी निजी क्षेत्रबाट हुनपर्थ्याे प्रर्याप्त छैन। यो क्षेत्रमा छोटो समयमा नाफा आर्जन गर्न सकिदैन, समय लाग्छ तर, दिर्घकालीन मुनाफा भने दिन्छ । त्यसैले सरकारले कृषिमा लगानी बढाउन र आगामी लगानी  दशकमा निजी क्षेत्रलाई कृषिमा जाेड्न सकेमा यो दशवर्षमा कृषिमा एउटा नयाँ फड्को मार्ने सकिन्छ भन्ने विश्वास मलाइ लाग्छ ।

तपाईँहरुको कम्पनीले कृषि क्षेत्रका १० वटा क्षेत्रहरु नै छुट्याएर त्यसमा काम गर्दै आइरहनु भएको छ । कृषि क्षेत्रमा र विशेषगरी नेपालको कुन बढी क्षेत्र बढी प्रभावकारी देखिन्छ वा देखिएको तपाइहरूकाे अध्ययनले के भन्छ ?

कृषि क्षेत्रलाई बुझ्न काम गर्न सजिलो होस् भनेर कृषि क्षेत्रका सम्भा सम्भावित दशवटा क्षेत्रलाई आधार मानेर अहिले हामीले काम गरेका छौं । हामीले कम्पनी स्थापनागरेपछि कृषिका विभिन्न क्षेत्रमा काम गरेका कृषकहरु हामीसँग जोडिएर काम गर्न इच्छा जनाउनुहुन्थ्यो । त्यसलै बीउ- बिजनको क्षेत्रमा, पशुपन्छी, कृषि,नर्सरी, मल, जलवायु, लगायत क्षेत्रमा काम गर्दा कृषिका सबै र कृषकले गर्ने सबै जोडेका छौं । यसमा काम गर्न सजिलो हुन्छ, नीति छुट्याउन र बनाउन सजिलो गर्छ भनेर यो खालको अभ्यास गरेका हौं ।  यसरी क्षेत्र छुट्याएर काम गर्दा पहिचान पनि भयो, संस्थाले गरेको काम पनि छुटिन्छ, सबैलाई एउटै डालोहाल्नुभन्दा पनि एउटै फरक फरक छुट्याएका हौं ।

फरक फरक १० ओटा कम्पनी बनाएर सञ्चालक समिति सम्म छुट्टै बनाएर अघि बढेका हौं । हामीले दुई ओटा कम्पनीको बीऊ ‘फर्टिलाइजर’को आइपीओ नै निकाल्ने प्रकृया अघि बढाइसकेका छौं । यो केही दिन भित्रै हुँदै छ ति १० कम्पनीमध्ये ७ वटा कम्पनी उत्पादन र उद्योगमा जान्छन् । एउटा ट्रेडिङ कम्पनी छ, त्यसले भोली समुदायमा पुगेर प्रशिक्षण तालिम दिनेदेखि नेपाल बाहिर देशमा उत्पादित वस्तुलाई कसरी पुर्‍याउने र भइरहेको मार्केट ‘ग्याप’लाई जोड्ने भन्ने विषयमा पूलको काम गर्छ । यी सबै कुनै न कुनै रुपमा एकआपसमा जोडिएका छन् । यसमा हामीले काम गरेका छौं ।

अहिलेको पुस्ता युवा अर्गानिक खेति तर्फ पनि आकर्षित छन् । अर्कोतर्फ हाम्रो कृषि प्रणालीलाई आयातलाई प्रतिस्थापन गर्नका लागि पनि हाइब्रिडमा पनि उतिकै जोड दिनु परेको छ । अहिले कृषकहरु पनि अन्योलमा छन्,  अर्गानिक आकर्षण हुने कि बढी उत्पादन गर्ने हाइब्रिडमा लाग्ने कम्पनीको मुख्य भूमिका केमा हो ?

दुवै कुरा राम्रा हुन् । कृषि क्षेत्रको विकास र विस्तारमा यी दुबैको भूमिका अति आवश्यक छ र चाहिन्छ पनि । मुख्य कुरा त लगानी र मूल्यमै आउने हो ।अर्गानिकउत्पादनमा लगानी र समय धेरै लाग्छ, त्यसको बजार मूल्य पनि महंगो हुन्छ । तर,सक्नेले त अर्गानिक फूड माग गरेका छन् । अहिले त विश्वमै यसको माग बढी छ । हामीले माग अनुसारको उत्पादन बढाएर विस्तार गर्नुपर्छ । यसैगरी, हाइब्रीड उत्पादनको पनि माग पनि अधिक छ । सामान्य रकम कमाएर जीवनयापन गर्ने एक तप्कालाई बजार मूल्यले बढ्दा असहज भइरहेको छ । महंगो फुड सधैं अफोर्ड गर्न सक्दैनन् । हाइब्रीड उत्पादनले उनिहरुलाई मात्र होइन उत्पादनको आँकडालाई पनि त सन्तुलन गर्ने कार्य गरेको छ ।

तर, हामीले ल्याउने अधिकांश बीउ बाहिरबाट आएको हुन्छ । आफ्नै देशको बीउ होइनन् । त्यसैले हाइब्रीड बीउ नेपालमै उत्पादन गर्नुपर्छ । त्यसका लागि हामीलाई सरकारले लाइसेन्स दिएको छ । हामीले तरकारी र खाद्यान्नबालीको बीउ उत्पादन गर्छौ । तर, यहाँ पनि हामीले हाइब्रीड र अर्गानिक दुवै कुरालाई सँगै लैजानुपर्छ ।
अहिले हामी हत्सोहित भएर  छिमेकी मुलुक भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भनेर जसरी बसेका छौं, देशमै राम्रो गुणस्तरीय उत्पादन गर्न सकेको खण्डमा हाम्रो पहिलो बजार भारत नै हुने छ । अहिले पनि हाम्रो जति बस्तुहरु भारत लगायत मुलुकहरुमा निर्यात हुन्छन्, त्यसको बजार छुट्टै र महत्वपूर्ण हुने छ ।

कम्पनीले चालू आर्थिक वर्षमा १९७ प्रतिशत नाफा गरेर छोटो समयमै छलाङ मारेको छ यो कसरी सफल भयो ?

हामीले विशेषगरी चार ओटा मोडलमा काम गरिराखेका छौं । एग्रिकल्चर रिसर्च सेन्टर (एआरसी), एग्रिकल्चर प्रोसेसिङ सेन्टर, मार्केटिङ सेन्टर र चौथोमा एग्रिकल्चर विजनेश, कन्सलटेन्सि, सर्भिस मार्फत कार्य गरिराखेका छौं । पहिलो भनेको किसानले गुणस्तरीय उत्पादनको सामग्री मल बीउ, औजार उपकार पाउनुपर्‍र्यो । त्यसका जुटेर लागेका थियौं । काम गर्दै जाँदा किसानको विस्वास हामीमाथि बढ्यो र कारोबारले पनि उचाइ पायो । नाफा त्यहीबाट बढ्ने हो ।

कम्पनीको पहुँच कति कृषकसम्म पुगेको छ ?
हामीले बजार चलाउने अवस्था अझै  भइसकेकाे छैन ।आयाततर्फ प्रतिशतमा भन्दा पनि ७० जिल्लाका किसानसम्म हाम्रो सामाग्री पुगेको छन् । हामीले केवल किसानसँग काम गरिराखेका  छाैं । वास्तवमा उनिहरुको उत्पादकत्व वृद्धि गर्न गराउन स्थानीय सरकार, गैह्र सरकारी संघ संस्थाहरु र त्यहीँका निजी उद्योगहरुसँग मिलेर काम गरिराखेका छौं । यो सँगै आफ्नै प्रोसेसिङ उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएर कतिपय स्थानमा त्यसका लागि पहल गरेका छौं । हामीसँग पाँच लाख भन्दा धेरै किसान जोडिनुभएको छ । वर्षको सात हजार सम्म किसानलाई हामीले तालिम नै प्रदान गर्दै आएका छौं । हामीले सहकारी वा संस्थागत संरचनासँग काम गरेर किसानसँग जोडिने हो । विश्वविद्यालयमा कृषि विषय अध्ययन गरेका विद्यार्थीहरुलाई काममा प्रवेश गराउने काम नै मुख्य गरी हामीले नै गर्दै आएका छौ । यो क्षेत्र ठूलो छ, यहाँ हामीले खुला रुपमा सबैलाई समेटेर सबैसँग मिलेर सबैको हितमा काम गर्ने हो ।

अबको पाँच वर्षपछि कृषि विकास कम्पनीले कृषि क्षेत्रमा दिने योगदान कस्तो हुन्छ ? कम्पनीले कस्तो संरचना विकास गर्न सक्षम हुन्छ ?
नेपालमा कृषिमा आवश्यक एकीकृत नीतिहरु बन्यो भने हामीले सम्भावना बोकेको स्थानलाई महत्व दिन्छौं र त्यहाँ उत्पादन वृद्धि हुन्छ । हामी एक्लैले काम गर्ने होइन, सहकार्य गरेर अघि बढ्ने हो । हजारौं सहकारी समूह र संस्थासँग मिलेर काम गर्छौ । एउटा त्यस्तो सहकारी निर्माण गर्छौ जहाँ हरेक किसानले आफूलाई चाहिने उत्पादनको सामग्री सबै सहजै पाउँछन् । पैसा देखि गुणस्तरीय बीउ बिजन हामी उपलब्ध गराउने गरी संरचना निर्माण गर्दै छौं । उत्पादनको जिम्मा किसान र स्थानीय तहको हो, बजारीकरणका लागि हामी साथ दिन्छौं । हामीले भने अनुसार सरकारको सहयोग पाउने हो भने अहिलेको जस्तो व्यक्तिले चलाएको बजार हुँदैन, हामी संस्थागत बजार बनाउँछौं । तरकारीको होलसेल बजार भए झै धान, चामल, गहुँ, मकै जस्ता खाद्यान्नको लागि पनि होलसेल बजारको विकासमा लाग्छौ । त्यहाँ सहकारीलाई रिटेल मार्केटमा पहुँच दिएर व्यवस्थापन गर्ने हो ।

कम्तीमा पनि दश वटा नेपाली उत्पादनलाई निरन्तर गुण र परिमाणलाई ब्यालेन्स गरेर अन्तर्राष्ट्रिय बजारमा दिन सक्छौं भनेर हामीले ग्यारेन्टी दिन सक्ने अवस्थामा पाँच वर्षभित्र पुग्नुपर्ने हुन्छ । त्यसको लागि नेपालभरिका किसानको बारेमा पहिले हामीलाई थाहा हुनुपर्छ । त्यसैले हामीले प्राप्त विवरणका आधारमा हाल दुई वर्गमा किसानलाई वर्गीकरण गरेका छौं । साना किसानलाई सहकारी मार्फत समेटेका छौं । सहकारी मार्फत नै सहयोग र संरक्षण गर्छौ । अर्को, जुन किसानले वर्षमा लगानी कटाएर तीन लाख रुपैयाँ कमाउँछ, उनिहरुलाई हामीले व्यवसायिक किसान र उद्यमीको श्रेणि राखेर प्रबद्र्धन गर्ने हो । त्यसमा पनि तीन लाख सम्म कमाउने र सो भन्दा बढी कमाउने हुन्छन् कि किसान कार्ड भनेजस्तै वर्गीकरण गरेर कार्ड उपलब्ध गराउँछौ र नेपाली उत्पादनलाई बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ब्रान्डिङको पाटोमा सेतुको काम गर्छौ । हामीले एक दशक भित्र खुला व्यवहारिक विश्वविद्यालय बनाउने परिकल्पना गरेका छौं । त्यो सम्भव भयो भने, त्यहाँबाट निस्कने वा पढ्दै गरेका विद्यार्थीलाई काम देखि व्यवसायी बन्ने अवसर हामी नै उपलब्ध गराउँछौ । विदेशीलाई समेत कृषिमा रिसर्च गर्न नेपाल जानुपर्छ भन्ने मानक स्थापित गर्ने गरी काम गर्छौ ।

कम्पनीको परिकल्पना कृषि क्षेत्रमा रिसर्च गर्न मानक स्थापित गर्ने छ, देशभित्रका किसानले मुख्य बाली लगाउने समय मल, बीउ, सिँचाइको सुविधा नपाएर सडकमा निस्कनुपर्ने अवस्था छ । कम्पनी र किसानको विचारकै धरातलमा खाडल परेन ?
समस्या मात्रै देखाएर बस्ने भन्दा पनि सम्भावना जे कुराको जहाँ छ त्यही काम सुरु गर्ने हो । सिँचाइ सुविधा भएका स्थानमा सोही प्रकृतिका खाद्यान्न लगाउने हो, नहुने स्थानमा कम पानी चाहिले खालका फलफूल वा अन्नवाली रोप्ने हो । नेपालीले सम्भावनाको आधारमा सकारात्मक विचार निर्माण गरेर अघि बढ्नुपर्यो। खाली सरकारले गर्दिएन, यो भएन त्यो भएन भनेर बस्ने हो भने केही पनि हुँदैन । देशकै सबैभन्दा बढी सम्भावना भएका्े क्षेत्र कृषि हा्े, मानिसलाई चाहिने खाद्यान्न हो, विश्व बजारले मागेको पनि यही नै हो । विचार नै उच्च राखेर काम गरेनौ भने कसरी अघि बढिन्छ, बरु असफलताको चाँही कृषिमा सम्भावना छैन ।

 

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit