Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

उद्योगहरुमा विद्युत् आपूर्ती तत्काल नियमित गराउन नेपाल उद्योग परिसंघको आग्रह

उद्योगहरुमा विद्युत् आपूर्ती तत्काल नियमित गराउन नेपाल उद्योग परिसंघको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै तत्काल विद्युत आपूर्ती नियमित गर्न प्राधिकरणसँग अपिल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘उद्योगलाई नियमित विद्युत आपूर्ती हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ’ परिसंघले भनेको छ ।

बिहीबार परिसंघले उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगीलाई प्रताडित पार्ने काम प्राधिकरणबाटै भएको आरोप लगाएको छ ।   प्राधिकरणले लोडसेडिङ गराउँदा देशमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी व्यवसायीलाई शसंकित बनाइएको परिसंघले उल्लेख गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले केही समय अगाडि नेपालका उद्योगहरुमा लोडसेडिङ गराएर भारतमा विद्युत निर्यात गरेको उल्लेख गर्दै परिसंघले उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा समेत गम्भिर असर परेको स्मरण गराउँदै प्राधिकरणबाटै उद्योगीलाई मर्माहत बनाउने कार्य भएको परिसंघको आरोप छ ।

‘सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ’ जारी प्रेस नोटमा उल्लेख छ ।

यस्तै परिसंघले विद्युत बचत हुँदा समेत उद्योगहरुमा नदिएको आरोप लगाउँदै प्राधिकरणलाई देशमा उद्योग सञ्चालन नर्गन आफूहरुलाई प्ररित गरेको हो भन्दै प्रश्न गरेको छ । ‘मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग सञ्चालन नगर्न प्रेरित गरेको त होइन ?’

उद्योग सञ्चलनका लागि विद्युत आवश्यक कच्चा पदार्थ भएको बताउँदै परिसंघले विद्युत अभावमा उद्योगीले कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नभएको उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit