Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

आयात बढ्दा निर्यातमा पनि उल्लेख्य वृद्धि तर, व्यापार घाटा अझै उच्च

आयात बढ्दा निर्यातमा पनि उल्लेख्य वृद्धि तर, व्यापार घाटा अझै उच्च
विज्ञापन
Advertisement

काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१\ ८२ को पहिलो आठ महिनामा नेपालको आयात वृद्धि भएसँगै निर्यातमा समेत उल्लेख्य सुधार देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागको विवरण अनुसार, आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो भने यो वर्ष सोही अवधिमा ११.२० प्रतिशतले बढ्दै १ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, निर्याततर्फ उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको आठ महिनामा १० अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यो वर्ष ५७.२० प्रतिशतले बढ्दै १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो।

व्यापार घाटा अझै उच्च
निर्यात वृद्धि दर उत्साहजनक देखिए पनि व्यापार घाटा भने अझै उच्च छ। चालु आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा ९८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२२ प्रतिशतको वृद्धि हो ।

कुल वैदेशिक व्यापारमा १५.२९ प्रतिशत वृद्धि
कुल वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको आठ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँबराबरको व्यापार भएकोमा यो वर्ष १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै आयात- निर्यात अनुपातमा सुधार देखिएको छ। अघिल्लो वर्ष १०.२४ रहेको अनुपात अहिले घटेर ७.२४ मा झरेको छ। निर्यातको कुल व्यापारमा हिस्सा ८.९० प्रतिशतबाट १२.१३ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९१.१० प्रतिशतबाट ८७.८७ प्रतिशतमा झरेको छ। नेपालको आयात वृद्धिसँगै निर्यातमा समेत सुधार भए तापनि व्यापार घाटा अझै चुनौतीपूर्ण अवस्थामा छ।

निर्यात वृद्धिको यो प्रवृत्ति दीर्घकालीन रूपमा कायम राख्न र व्यापार घाटा न्यूनीकरण गर्न उत्पादन वृद्धि तथा निर्यातमुखी नीति अवलम्बन गर्न आवश्यक रहेकाे बिज्ञहरू बताउँछन्

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit