काठमाडाैं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।
सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।















प्रतिक्रिया दिनुहोस्