Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीजी ग्रुपको सम्राट सिमेन्ट कम्पनीले एक वर्षमा गर्यो ४ अर्ब ३६ करोड बढीको व्यापार

सीजी ग्रुपको सम्राट सिमेन्ट कम्पनीले एक वर्षमा गर्यो ४ अर्ब ३६ करोड बढीको व्यापार
विज्ञापन
Advertisement

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सम्राट सिमेन्ट कम्पनीको व्यापार ४ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ । तुलनात्मक रुपमा सन् २०२५ मा सम्राट सिमेन्ट कम्पनीको व्यापारमा १४७ प्रतिशतको वृद्धि देखिएको हो । कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको कारोबार गरेकोमा सन् २०२५ मा ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार भएको जानाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा ४ लाख ३१ हजार ९ सय २८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको छ । कम्पनीको गत वर्ष कारोबार बढेर २ लाख १९ हजार ७ सय ६० मेट्रिक टन सिमेन्ट बिक्री भएको थियो । त्यसैगरी, कम्पनीले गत आवमा ६६ हजार २ सय २६ मेट्रिक टन क्लिङ्कर बिक्री गरेको जनाएको छ ।

गत आवमा कम्पनीले सिमेन्टको मूल्य वृद्धि गरेको थियो । सन् २०२४ मा सिमेन्ट प्रतिबोराको मूल्य ३ सय ८८ रुपैयाँ कायम रहेकोमा मूल्य बढाएर हाल ४ सय ४०  रुपैयाँ पुर्याएको छ । सिमेन्टको मूल्य बढाएसँगै कारोबारमा भएको वृद्धिले कम्पनीले गत आवमा ३४.७३ प्रतिशत नाफा आर्जन गरेको छ । सन् २०२४ मा सम्राट सिमेन्ट कम्पनीको नाफा २१.४१ प्रतिशत थियो ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल कम्पनीले पीपीसी, ओपीसी सिमेन्ट उत्पादन गरी गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमयम, बादशाह, सम्राट र सम्राट प्रिमियम बजारमा बिक्री गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit