Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको माग

निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको माग
विज्ञापन
Advertisement

काठमाडौं ।  निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केही समयदेखि इन्धन तथा प्रमुख निर्माण सामग्रीहरु फलाम, सिमेन्ट, औद्योगिक कच्चा पदार्थमा व्यवसायीले ‘कार्टेलिङ’ गरी अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि गराएको भन्दै
महासंघले गम्भीर ध्यानाकर्षण भएको र उक्त मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई माग गरेको छ ।

हाल पूर्वाधार निर्माणको मुख्य सिजनमा बजारमा कालोबजारी र कार्टेलिङ गरी विगत दुई महिनाभित्र पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा ३०० रुपैयाँ, निर्माण कार्यमा अत्यधिक प्रयोग हुने फलाम (डण्डी) र फलामजन्य निर्माण सामग्रीमा समेत प्रति के.जी. १४ रुपैयाँसम्म मुल्यवृद्धि हुँदा भुक्तानी अभाव लगायतका कारणहरुबाट निर्माण उद्योग थप मारमा परेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण उद्योग सँगै अर्थतन्त्रमाथि नै भार थपिने गरी भएको मृल्यवृद्धिप्रति सरकार मौन बसेको भन्दै महासंघले सरकारी संयन्त्रको मिलेमतोमा पूर्वाधार निर्माणका सामग्रीमा मूल्यवृद्धि भैरहेको आशंका व्यक्त गरेको छ ।

‘खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेन्ट र फलामजन्य निर्माण सामग्रीमा गरिएको अस्वभाविक मुल्यवृद्धिले राज्यले निर्माण व्यवसायीलाई अपराधी जस्तो व्यवहार गरेको हामीले बुझेका छौं’ जारी प्रेस विज्ञप्तिमा थप भनिएको छ, ‘ मुल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गर्र्इ सरकारको सार्वजनिक निकायहरुमा नै आर्थिक बोझ थपिने जानकारी हुँदाहुँदै राज्यबाट निर्माण सामग्रीहरुमा मुल्यवृद्धि गराउने निकायहरुलाई कारबाही गर्नुको सट्टा सम्बन्धित निकायका मन्त्रीहरुले नै मुल्यवृद्धि गर्ने निकायको पक्षमा बोल्नुले कतै मन्त्रीहरु नै कार्टेलिङ एवं कालोबजारीलाई प्रोत्साहन त गर्दै छैनन् ? भन्ने आशंका उत्पन्न भएको छ। ’

अप्रत्यासित रुपमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग, व्यवसायी र आम उपभोक्ताको विश्वासमा गम्भिर कुठाराघात भएको ठहर गर्दै बागमती प्रदेश निर्माण व्यवसायी महासंघले घोर विरोध गरेको जनाएको छ । यस्तै, महासंघले सम्बन्धित सरोकारवालासँग मुल्यवृद्धि अविलम्ब खारेज गरि कालोबजारी तथा कार्टेलिङमा संलग्न उद्योगी व्यवसायीहरुलाई कारवाही गर्न तथा मुल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit