Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दुईबीच भएको सम्झौता अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरुको  बीमा सलिको इन्स्योरेन्सले गर्नेछ ।

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरुकोे सवारी बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने जनाइएको छ ।

सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु , शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघका पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिती थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit