Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण
विज्ञापन
Advertisement

विराटनगर । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटी लाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको विराटनगर शाखामार्फत हस्तान्तरण गरिएको उक्त डोनर बेड रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिने रक्तदान कार्यक्रमलाई सहयोग पुर्‍याउने लक्ष्यसहित प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुखदेव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरेका हुन् । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न र रक्तदातालाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । रक्तसङ्कलन सेवा सञ्चालनका क्रममा डोनर बेड अत्यावश्यक हुने भएकाले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit