Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रिमियर डिस्टिलरीको नयाँ उत्पादन ‘८ पीक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरीको नयाँ उत्पादन ‘८ पीक्स’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेड ले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार हिमालयको प्राकृतिक शुद्धता र आधुनिक उत्पादन प्रविधिको संयोजनमार्फत तयार गरिएको यो उत्पादन आगामी १५ देखि २० दिनभित्र देशभरका प्रमुख सहरमा उपलब्ध हुनेछ । ‘द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की’, ‘ओल्ड मंक ७ वर्षे रम’, ‘ओल्ड मंक लेजेन्ड रम’ र ‘ब्ल्याक स्टालियन’ जस्ता प्रिमियम ब्राण्ड बजारमा ल्याइसकेको कम्पनीले नयाँ उत्पादन ‘८ पीक्स’लाई नेपालको हिमाली पहिचानसँग जोडेर प्रस्तुत गरेको जनाएको छ ।

कम्पनीका अनुसार समुद्र सतहबाट आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये आठ नेपालमै रहेकाले त्यसैबाट प्रेरित भएर ‘८ पीक्स’ नाम राखिएको हो । हिमनदीबाट बग्ने शुद्ध पानीलाई आधार बनाएर परम्परागत तामाको स्टिलमार्फत फ्र्याक्सनल डिस्टिलेसन तथा रूसी चारकोल र चाँदी फिल्ट्रेशन प्रविधिको संयोजनबाट उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस उत्पादनलाई ‘प्राकृतिक इतिहास र आधुनिक शैलीको मिश्रण’ का रूपमा व्याख्या गरेको छ । उत्पादनलाई हिमाली तालजस्तै पारदर्शी सिसाको बोतल र निलो लेबलसहित बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।

उपभोक्ता स्वाद परीक्षणमा ९९ प्रतिशत सहभागीले सकारात्मक प्रतिक्रिया दिएको दाबी गर्दै कम्पनीले ‘८ पीक्स’को बजार सम्भावनाप्रति आफूहरू विश्वस्त रहेको जनाएको छ ।

‘८ पीक्स’ ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit