Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

कुलमानबारे प्रधानमन्त्रीले चित्त बुझ्ने स्पष्टीकरण नदिए संसद रोकेर आन्दोलन गर्ने प्रचण्डको चेतावनी

कुलमानबारे प्रधानमन्त्रीले चित्त बुझ्ने स्पष्टीकरण नदिए संसद रोकेर आन्दोलन गर्ने प्रचण्डको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई बर्खास्ती गर्नुका चित्तबुझ्दो जवाफ प्रधानमन्त्रीले रोस्टमबाट नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विपक्षी दलको बैठकपछि संसद् भवन परिसरमा मंगलबार अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई सरकारले हटाउनुको कारण माग गरे । उनले विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनि दिए ।

‘अहिले केही भन्नु छैन । हामीले प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न नदिने भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।

उनले कुलमान प्रकरणमा सरकारको स्पष्टीकरण चित्तबुझ्दो नआए आन्दोलन गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो ने तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit