Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

समाजवादी मोर्चा र राजावादीआन्दोलनका कारण काठमाडौंको यी स्थानमा ट्राफिक व्यवस्था प्रभावित हुने

समाजवादी मोर्चा र राजावादीआन्दोलनका कारण काठमाडौंको यी स्थानमा ट्राफिक व्यवस्था प्रभावित हुने
विज्ञापन
Advertisement

काठमाडौं । समाजवादी मोर्चा र राजावादीले ले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आन्दोलन गर्ने भएपछि ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ। आन्दोलनको प्रभाव विभिन्न मुख्य स्थानहरूमा पर्ने ट्राफिक प्रहरीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मोर्चाले माइतीघर मण्डला, कुञ्जडोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीलगायतका स्थानमा प्रदर्शन गर्ने तयारी गरेको छ। यी क्षेत्रहरू काठमाडौंका प्रमुख यातायात केन्द्रहरू भएकाले यातायातमा असर पर्ने अनुमान गरिएको छ। ट्राफिक प्रहरीका अनुसार माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शन बसन्तपुर, थापाथली, त्रिपुरेश्वर, शहीदगेट हुँदै भक्तपुर जाने मुख्य मार्गमा असर पुर्याउनेछ। त्यस्तै, कुञ्जडोल क्षेत्रबाट सुरु हुने जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै जानेछ।

न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्योति हल, घण्टाघर, पुलचोक, पद्मोदय मोड लगायतका क्षेत्रमा पनि आन्दोलनको प्रभाव पर्नेछ। सोह्रखुट्टे, असन, भोटाहिटी, शान्तिबाटिका जस्ता क्षेत्रहरू पनि प्रदर्शनको केन्द्र बन्नेछन्। ट्राफिक प्रहरीले नागरिकलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ। यातायात अवरुद्ध हुन सक्ने भएकाले सार्वजनिक सवारी प्रयोग गर्दा जामको सामना गर्नुपर्ने सम्भावना छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit