Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त छ : डिआइजी आचार्य

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त छ : डिआइजी आचार्य
विज्ञापन
Advertisement

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको आचार्यले बताए ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली /जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले सर्वसाधारणको दैनिकीमा अवरोध पुगेको छ । उपत्यकाका सडकमा सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit